पुतलिबजारकी मेयर पोखराको फेवातालमा हामफालिन

पोखरा, २० वैशाख /स्याङजा पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी छिन् । आफुँ चढेको गाडी फेवाताल किनार छेउमा राखेर हामफालेकी उनलाई एक विदेशीले पौडिएर बचाएका थिए ।

तालबाट निकालेपछि उद्धारमा रहेका व्यक्तिहरुले सम्झाइ बुझाइ गरेका थिए । उद्धारकर्ताहरुले उनी डिप्रेशनका कारण तालमा हाम फालेको हुन सक्ने बताएका छन् ।

उनी पोखरामा सञ्चालन भएको “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका विषयक गोष्ठीमा भाग लिन आएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहको र उनी स्याङजा फर्किएकी छिन् ।

श्रोतका अनुसार उनी १५ दिनअघि काठमाण्डौंमा डिप्रेसनको उपचार गरी घर फर्किएकी थिईन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...