‘एमाओवादीले मुलुकको नेतृत्व लिन्छ’

काठमाडौं, वैशाख ८- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आउँदा दिन मुलुकको नेतृत्व आफ्नो पार्टीले लिने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीहरुलाई निर्देशन दिएका छन्।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकलाई सक्षम र दीर्घकालिक नेतृत्व दिन सक्षम एमाओवादी मात्रै भएको दाबी गरे।

 एमाओवादीको शीर्ष नेतृत्वको हैसियतले आफूले हालै गरेको चीन भ्रमणले पनि नेपालको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने दाबी गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको नयाँ निर्वाचनले मुलुकको भाग्य र भविष्यको फैसला गर्ने बताए। आगामी निर्वाचनमा सच्चा क्रान्तिकारी तथा देशभक्त शक्तिलाई विजयी बनाउन दिलोज्यानले लाग्न युवा तथा विद्यार्थीहरु निर्देशन दिँदै उनले थोरैमात्र कमजोरी भए मुलुकमा ठूलो अनिष्ट आउन सक्ने उल्लेख गरे।
कमेन्टहरु
Loading...