पूर्वराजा ज्ञानेन्द्रको स्वागतद्वार भत्काइए, अवरोध पुर्‍याउन सप्तरी बन्द

काठमाडौं, जेठ २७ (सेतोपाटी)

चार ‘ठूला’ पार्टीसँग आबद्ध युवा तथा विद्यार्थी संगठनहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मानमा सप्तरीमा बनाइएका करिब दर्जनभन्दा बढी स्वागतद्वारमा क्षति पुर्या‍उनुका साथै उनको आजको भ्रमणमा व्यवधान पुर्‍याउने उद्देश्यले सप्तरी बन्दको घोषणा पनि गरेका छन् ।

जिल्लाबाट प्राप्त समाचारअनुसार शाहको भ्रमणको पूर्वसन्ध्यामा भत्काइएका ती स्वागतद्वारहरुको पुनर्निमाण लगभग पूरा भइसकेको छ र भ्रमणमा आयोजकहरुले जिल्ला प्रशासनलाई कुनै पनि व्यवधान या प्रतिकूल परिस्थिति उत्पन्न भएमा त्यसको जिम्मेवारी प्रशासनले नै लिनुपर्ने बताएका छन् ।  पूर्वराजा शाह शुक्रबार तराईका विभिन्न जिल्लाहरुको भ्रमणको सिलसिलामा सिमरा पुगेका थिए र आज सिमरादेखि सप्तरीसम्मको करिब २ सय किलोमिटर दुरी सडकमार्गबाट तय गर्ने कार्यक्रम थियो ।
निर्मलनिवास निजी सचिवालयका अनुसार भ्रमणका तयारी भइसकेको र आयोजकहरु कुनै पनि हालतमा यसमा हेरफेर गर्न तयार नभएकाले ‘जनचाहनाअनुसार’ कार्यक्रम यथावत रहनेछ । फागुनमा नै निर्धारित उक्त कार्यक्रम छोरा पारसको गम्भीर बिमारीका कारण ज्ञानेन्द्र शाह तथा उनकी पत्नी कोमल ब्यांकक गएकाले स्थगित भएको थियो ।
उक्त क्षेत्रका मठमन्दिर दर्शनका साथै आम नेपालीसँग भेटघाट, अन्तक्र्रिया र विद्यमान परिस्थतिको जायजा लिने उद्देश्यले समेत पूर्वराजाले स्थगित उक्त यात्रा सुचारु गरेको जानकारी प्राप्त भएको छ । उनी आइतबार बिहान साढे आठ बजे सिमराबाट सप्तरीका लागि प्रस्थान गरेका छन् ।
सप्तरी, सर्लाही, धनुषालगायतका क्षेत्रहरुमा शाहको भ्रमण हुने निर्धारित कार्यक्रम छ र स्थानीय तहमा ठूलो समूहले पूर्वराजा मुलुकको स्थितिप्रति उदासीन हुनु अपराध भएको दाबी गर्दै उनलाई सक्रिय हुन दबाबसमेत दिइरहेको छ । ठाउँठाउँमा ‘राजा आऊ, देश बचाऊ’ नाराका साथ शुक्रबार उनको स्वागत भएको थियो र सिमरामा विगत दुई दिनयता ठूलो संख्यामा स्थानीयले भेटी राष्ट्रिय संकटको यो बेलामा आफ्नो भूमिका र दायित्व नबिर्सनसमेत आग्रह गरेका थिए ।  cp. setopati.com
कमेन्टहरु
Loading...