झोलु पुल संरक्षकहरुको अभिमुखीकरण तालिम

पोखरा, १ जेठ /जिल्ला विकास समिति कास्कीको आयोजनामा कास्कीको लुम्लेमा झोलुे पुल संरक्षकहरुको दुई दिने अभिकरणकरण तालिम मंगलबार सम्पन्न भएको छ । स्वीस सरकारको सहयोगमा स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) ले यस वर्ष नयाँ झोलुङे पुलसम्बन्धी उपलब्धी र जीर्ण पुलको चुनौतीलगायत सर्वसाधारण सबैलाई जानकारी गराउने उद्देश्यअनुरुप पुल संरक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

यसैअनुरुप जिल्लाको झोलुे पुलहरुको अवस्थासहितको रेकर्ड अद्यावधिक, सम्पूर्ण पुलहरुमा पुल संरक्षक नियुक्त गर्दै तालिमका क्रममा पुल संरक्षकलाई आवश्यक सीप तथा तालिमको व्यवस्था, मर्मत सम्भारका लागि आवश्यक औजार उपलब्ध गराइएको छ । तालिममा सहभागी ८५ जना पुल संरक्षकहरुमध्ये दुई चरणमा वैशाख २६ र २७ गते तथा वैशाख ३० र ३१ गते विभाजन गरी उनीहरुलाई तालिम प्रदान गरिएको झोलुङे पुल सहयोग इकाइ (टीबीएसयु) बुटवलका क्षेत्रीय कार्यक्रम संयोजक दिनेशप्रसाद पाण्डेले जनाए । तालिममा सहभागीमध्ये महिलाको संख्या ३१ थियो ।

नेपालमा हालसम्म पाँच हजार बढी झोलुङे पुल निर्माण सम्पन्न भएका छन् । तीमध्ये कास्कीमा एक सय १५ वटा रहेकोमा ४२ वटा एकदमै जीर्ण रहेको पाण्डेले जानकारी दिए । तालिम समापन अवसरमा स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल, जिविसका पूर्वसभापति पूण्यप्रसाद पौडेल, टीविएयू बुटवलका क्षेत्रीय कार्यक्रम संयोजक दिनेशप्रसाद पाण्डे, जिल्ला प्राविधिक कार्यालय कास्कीका जिल्ला इञ्जिनियर दयाराम अधिकारी, गाविस सचिव हकहित संरक्षण मञ्च कास्कीका अध्यक्ष भरतप्रसाद पौडेल, प्रशिक्षक कमल रेग्मीलगायतले बोलेका थिए ।

 

कमेन्टहरु
Loading...