बाढीले पूर्वपश्चिम राजमार्गको पुल भाचिँयो

बर्दिबास, २८ असार /बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएको छ ।

पुलको बीच भाग नै भत्किएपछि सवारी आवत जावत ठप्प भएको छ ।पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातु खोला तर्फ सयौं गाडीहरु रोकिएका छन् । रातीदेखि नै यात्रुहरु सडकमा अलपत्र परेका छन् ।

कमेन्टहरु
Loading...