आज पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस !

पोखरा,२७ पुस । आज पृथ्वी जयन्ती ! आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज देशभर​ पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस​ मनाइँदै छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन ।दिइँदै आएको सार्वजनिक बिदा समेत सरकारले कटौती गरेको छ ।

यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।सरकारी तबरबाट पृथ्वी जयन्ती नमनाइए पनि केही दल र संघ–संस्थाहरुले स्वतःस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । यस वर्ष पनि राप्रपा लगायतका दलहरुले विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहको स्मरण गर्ने तयारी गरेका छन् ।

 

कमेन्टहरु
Loading...