प्रेस सेन्टर चार नम्बर प्रदेशको अधिबेशन असार १ र २ गते स्याङ्जामा हुने

पोखरा, ३१ जेठ/नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालको चार नम्बर प्रदेशको प्रथम अधिवेशन असार १ र २ गते स्याङ्जामा हुने भएको छ ।  चार नम्बर प्रदेशका करिब एक सय प्रतिनिधी सहभागी रहने अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने प्रदेश संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

अधिबेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, समाबेशी उपाध्यक्ष, सचिब, सह सचिब, कोषाध्यक्ष सहित २७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । सम्मेलनमा प्रेस सेन्टरको केन्द्रिय नेतृत्व सहित प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की तथा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको सहभागीत रहनेछ ।

संयोजक त्रिभुवन पौडेलका अनुसार अधिबेशनको उद्घाटन नेकपा माओवादीका शिर्ष नेताले गर्ने तयारी भइरहेको छ । स्याङ्जा जिल्लाको सदरमुकाममा हुने अघिबेशनको स्थानिय तयारी तिब्र रुपमा भइरहेको प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष अर्जुन काफ्लेले जानकारी दिए ।  मुलक संघीय ढाँचामा प्रबेश सँगै पहिलो पटक सोही ढाँचा अनुरुप हुने सम्मेलन स्याङ्जामा हुन लाग्दा स्याङ्जाका पत्रकारहरु खुसी भएको काफ्लेले वताए ।

कमेन्टहरु
Loading...