पत्रकारको आन्दोलनमा एक्यबद्धता, गोलमेच सम्मेलनको माग

काठमाडौ, १ माघ । बहुजातीय समावेशी पार्टीले पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपीहरुलाई कारवाही गर्न माग गर्दै सुरु गरेको शान्ति पूर्ण आन्दोलनप्रति एक्यबद्धता समेत प्रकट गरेको छ ।

पार्टीले आईतवार एक विज्ञप्ति प्रकाशित गरेर मुलुकमा दण्डहिनता, अराजकता बढ्ने गरी कानूनी शासनको खिल्ली उडाउँदै दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्याराले साविती बयान दिदा दिदै अपराधीलाई उन्मुक्ति दिने प्रयास गर्नु अधिनायकबादको पराकाष्टा भएको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्तालाई तत्काल त्यस्तो अधिनायकबादी चरित्र छाडेर पीडितलाई न्याय दिलाउन तर्फ लाग्न चेतावनी दिएको छ ।
अध्यक्ष शंकर थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– मुलुकको कार्यकारी जस्तो ब्यक्तिको पछिल्लो हत्यारा बचाउन रबैले उनी लोकतन्त्र र शान्ति प्रक्रियाको नाममा मुलुकमा अधिनायकबाद लाद्न उद्यत भएको देखाएको छ । हाम्रो पार्टी जनताको अधिकारमाथि कुठाराघात गरेर अधिनायकबाद लद्न खोज्ने कुनै सोच विचार र गतिविधीको निन्दा गर्दछ ।
त्यसैगरी पार्टीले तीन दल असफल भईसकेको अवस्थामा राष्ट्रपतिले उनीहरुलाई सहमितको लागि निरर्थक समय थप गरेको प्रति असन्तुष्टि प्रकट गर्दै अब निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुको गोलमेच सभा बोलाएर राजनीतिक र गतिरोध अन्त्यको उपाय खोज्न समेत आब्हान गरेको छ ।
संविधानसभाको अवसान गराएर जेठ १४ गते देखि सहमतिको नाममा विगत सात महिनादेखि मुलुकलाई अन्यौलतको भूमरीमा रुमल्याउँदै आएका छन् ।
उसले भनेको छ–राष्ट्रपतिले पनि सहमतिको नाममा संविधान निर्माण गर्न नसकेर संविधानसभाको अवसान गराउने र सहमति गरेर मुलुकलाई निकास दिन असफल भईसकेका तीनै दलहरुलाई पटक पटक मौका दिनुले राष्ट्रपतिको संविधानको संरक्षक र पालकको दायित्वबाट विचलित हुन थाल्नु भएको हो कि भन्ने आशंका हामिलाई भएको छ ।
सो पार्टीले सहमतिको विकल्प नभएको भन्दै राष्ट्रपतिले आम सहमतिको लागि दलहरुको साघुँरो घेराबाट बाहिर निस्केर गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सहमति कायम गरेर निकास दिन आब्हान समेत गरेको छ ।

कमेन्टहरु
Loading...