CAN

वाइडबडी प्रकरणः  पर्यटनमन्त्री अधिकारीलाई कारबाही गर्न सिफारिस

(अरु को को परे कारवाहीको सिफारिसमा हेर्नोस्)

38

काठमाडौं, १८ पुस /वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाही सिफारिस गरेको छ ।यस्तै बहालवाला दुई सचिवलाई निलम्बन गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले यस्तो सिफारिस गरेको हो ।

उपसमितिका संयोजक राजेन्द्र केसीले बुधबार ३८ पेजको छानबिन प्रतिवेदन लेखा समितिका संयोजक भरत कुमार साहलाई बुझाएका छन् ।उपसमितिले पूर्व पर्यटन सचिव तथा हालका गृह सचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गर्न सिफारिस गरेको छ । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई भने कारवाहीको सिफारिस गरेको हो । संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिको ठहर छ ।

पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ ।यस्तै उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी नलिएका कारण कारवाहीको सिफारिस गरेको छ ।वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको उपसमितिको निश्कर्ष छ ।