आराम गर्न पोखरा आए–प्रचण्ड

पोखरा, ८ असोज/ एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डक्टरको सल्लाह अनुसार आराम गर्न पोखरा आएको बताएका छन् । उनी अचालनक हिजो पोखरा आएका थिए । अहिलेको फाइरल ज्वरो निकै कडा छ भन्दै डक्टरले आराम गर्न सल्लाह दिएकाले राजधानी छोडेको बताए ।

श्रीमती सिता र नीजि सचिव समिर सहित पोखराका आएका प्रचण्डले अरु एक दुई दिन पोखरा मै आराम गरेर राजधानी फर्कने बताए ।

पोखरा विमानस्थलमा अनशनकारीलाई भेटे पछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिर्दै प्रचण्डले नौ गतेसम्म कुनै गम्भीर राजनैतिक छलफल नहुने भएकाले आफुले राजधानी छोडेको बताए । उनले संविधान बने पछि हुने निर्बाचन कांग्रेस नेतवृत्वको सरकारले गराउने सहमति भए पनि त्यो लागु नभएकाले नयाँ शिराबाट छलफल थालिएको पनि बताए । अबको सरकार सहमतीय सरकार हुन्छ भन्दै त्यो जसको नेतृत्वमा पनि गठन हुन सक्ने बताए ।

राजनीतिक गतिरोधको विषयमा संचारकर्मीको प्रश्नमा प्रचण्डले गतिरोध चाँडै अन्त्य हुने विश्वास दिलाए । ‘सबै दलहरु सहमतीको लागी तयार भैरहेको अवस्था भएकोले गतिरोध अन्त्य हुनेमा सबै ढुक्क रहन आग्रह गरे ।’ उनले आफु काठमाण्डौ फर्केसंगै दलहरुबीचको छलफलले निस्कर्ष निकाल्ने उनको भनाई थियो ।

प्रचण्डले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार लागि परेको बताउदै आशंक नगर्न पोखरेलीहरुलाई आग्रह गरे । उनले अहिलेको आन्दोलनको रुप परिवर्तन गर्न आग्रह गरेका थिए । पोखरेलीले विगत एक महिना देखि पोखरा विमानस्थल अगाडी विमानस्थल निर्माण कार्य शुरु गर्न माग गर्दै अनशन बसिरहेका छन् ।

कमेन्टहरु
Loading...