खोज्दै जादाँ लोकमान भेटिए : प्रचण्ड

२९ वैशाख, पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि पार्टीमा नभएको व्यक्ति खोज्दै जाँदा लोकमान सिंह कार्की भेटिएको बताउनु भएको छ ।

prachanda-in-pohkaraपोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले दलहरुबीच सहमति भएरै अख्तियार प्रमुखमा कार्कीलाई सिफारिस गरेको बताउनु भयो । ‘कुनै पनि पार्टीमा नभएको मान्छे खोज्दै जादाँ लोकमानसिंह कार्की भेटिएपछि दलहरु मिलेर सिफारिस गरेका छौं’ उहाँले भन्नुभयो-’दलहरुबीच लामो समय बहस र छलफलपछि मात्रै कार्कीलाई प्रमुख बनाउने निर्णय गरेका हौँ । हठात् निर्णय भएको पनि होइन ।’

अरु योग्य व्यक्ति नेभेटेर नै लोकमानलाई ल्याएको हो ? भन्ने प्रश्नमा सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले भन्नुभयो-’मान्छै नै नपाएर लोकमानलाई ल्याएको त होइन । तर, अन्य व्यक्तिको नाउँमा राजनीतिक दलहरुवीच सहमति हुदैँन न त के गर्ने ।’ कांग्रेस र एमालेले विरोध गरेकोतर्फ लक्षीत गर्दै उहाँले पहिला मिलेर सहमति गर्ने अनि अन्तिममा आएर बखेडा झिक्नुको कुनै तुक नरहेको बताउनु भयो ।

एमाओवादी अध्यक्ष प्रचण्डले अब लोकमानको नाम फिर्ता नहुने प्रष्ट पार्नुभयो । ‘राजनीतिक र नैतीक दुष्टिकोणले समेत फिर्ता हुनुपर्छ भन्न मिल्दैन’उहाँले भन्नुभयो-’संवैधानिक परिषद्ले सिफारिस गरेकोले चार दलले समर्थन फिर्ता गर्दैमा लोकमान फिर्ता हुदैँनन् ।’ लोकमानलाई अब अदालत र निर्वाचनपछिको संसदीय समितिले महाअभियोग लगाएमात्रै फिर्ता हुन सक्ने उहाँको भनाई छ ।

एमाओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर कार्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गर्ने बताउनु भयो । निर्वाचनबारे शीर्ष चारदलहरु सकारात्मक रहेको भन्दै उहाँले भन्नुभयो-’चार पार्टीको निर्वाचनप्रति कुनै विमति छैन । त्यसैले निर्वाचन सम्भव छ । आन्दोलनरत दलहरुलाई पनि निवार्चनमा समावेश गर्न हदैसम्मको लचकता अपनाइनेछ ।’ cp. onlinekhabar

 

कमेन्टहरु
Loading...