‘कानूनले राजनीति चलाउने होईन, राजनीतिले कानून चलाउनु पछर्’– प्रचण्ड

पोखरा, १६ फागुन/एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्बोच्च अदालतले देशलाई खाल्डोमा नहाल्ने विश्वास व्यक्त गरेका छन् । उनले सर्बोच्चको फैसलाले प्रधानन्यायाधिशलाई सरकारको नेतृत्वका लागि मार्ग प्रशस्त गर्ने बताए । हिलेको अवस्थामा प्रधानन्यायाधिशलाई सरकारको नेतृत्व गर्नबाट रोक्नु भनेको राष्ट्रलाई भड्खालोमा हाल्नु हो भन्दै उनले यस्तो कार्य सर्बोच्च अदालतबाट होला भन्ने कुरा आफुलाई विश्वास नभएको बताए ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले पोखरामा आयोजनामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानलाई पनि राजनीतिले डोर्याउने बताए । “कानूनले राजनीति डोर्याउने होइन, रानीतिले कानुन डोर्याउने हो ।’देशको आवश्यकता अनुसार संविधान बनाउने हो भन्दै प्रचण्डले भने–‘संविधानलाई हेरेको भए ०४६ साल, ०६३ सालको जस्तो परिवर्तन हुने थिएन संविधानले पञ्चायत फाल्न पनि दिएको होइन, राजा फाल्न पनि दिएको होइन, यो सब राजनीतिले गरेको हो ।’

सर्बोच्च अदालतका न्यायाधिशहरु पनि नेपाली नै हुन भन्दै प्रचण्डले देशलाई निकास दिने कार्यमा उहाँहरु बाधक नबन्ने बताए । “दलहरुबीच नौ महिना सहमति हुन सकेन, अर्को नौ महिनामा पनि दलहरु सहमतिमा नपुग्ने देखिए पछि खोजिएको बिकल्पमा चारै दल समहत भएका छौं’– प्रचण्डले भने–“संविधानले दिदैन भन्दैमा देशलाई असफल बनाएर के निकास निस्कन्छ ? सर्बोच्चका न्यायाधिश पनि हामी जस्तै नेपाली हुन, उनीहरुले बुझेका छन्, राष्ट्रलाई भड्खालेमा हाल्छन भन्ने विश्वास लागेको छैन ।’

प्रचण्डले एमाओवादीको महाधिवेशन अघि नै कानुन मन्त्रीका हैसियतले प्रधानमन्त्रीले प्रधानन्यायाधिशसंग कुराकानी गरेर उनको मनशाय बुझेपछि मात्र प्रस्ताव गरिएको खुलासा समेत गरे । प्रधानन्यायाधिशलाई सरकारको नेतृत्व दिँदा युरोप, चिन, अमेरिका भारत लगायत सबैले सहयोग गर्ने आशय बुझेपछि उनलाई अघि सारिएको बताए ।

प्रधानन्यायाधिशलाई नेतृत्व दिनका लािग बाधा अड्काउ फुकाउने सहमति छिट्टै गरिए पनि सर्बोच्च अदालतको फैसला पछि मात्र सरकार प्रमुखको सपथ ग्रहण गराइने बताए । आराम गर्न २ दिन पोखरा बस्ने गरी आएका प्रचण्ड बुधबार नै काठमाण्डौं फर्किए । उनले मंगलबार फेवातालमा बोटिङ्ग गरेका थिए भने बुधबार कार्यकर्ताहरुसंग भेटघाट समेत गरे ।

कमेन्टहरु
Loading...