पत्रकार पौडेललाई अन्तराष्ट्रिय अवार्ड

पोखरा, २५ मंसिर / तनहुँका पत्रकार पवन पौडेललाई अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन्।

श्रृजनशिल युवा मञ्चका अध्यक्ष समेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरिन्।

उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको छ । विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो ।

सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो ।

सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणा गरेको छ ।

कमेन्टहरु
Loading...