पोस्टमार्टम नहुँदा ५ दिनदेखि भोकभोकै

मुगुस्थित जिल्ला अस्पताल ठिनीमा चिकित्सक नभएर ५ दिनदेखि शव पोस्टमार्टम हुन नसक्दा परिवार र आफन्त भोकभोकै बस्न बाध्य छन् । मृतकको दाहसंस्कार नहुँदासम्म परिवारका सदस्य र आफन्तले केही खान नहुने स्थानीय चलनअनुसार उनीहरु भोकै बसेका हुन् आजको कान्तिपुरमा खबर छ ।

मृतकका परिवारले छाक बार्ने र आफन्त गाउँलले नुन नखाले चलन भएकाले सबैलाई समस्या परेको छ ।
पिना-५ बालैगाउँका २२ बर्षका नाना भामको शव शुक्रबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको थियो। गर्मीले शव कुहिएर दुर्गन्ध बढ्दै गएको छ । घरैमा झुन्डिएर मृत भेटिएकाले अनुसन्धानका लागि शवलाई पोस्टमार्टम गर्न ल्याइएको प्रहरी नायब उपरीषक रनबहादुर रायमाझीले बताए ।’ डाक्टर नहुँदा शव कुहिँदै छ,’ मृतकका आफन्त सुरत भामले भने,’अर्को तर्फ चार दिनसम्म दाहसंस्कार नहुँदा भोकभोकै बस्नु परेको छ । नत डाक्टर आउँछ नत शव जलाउन पाइएको छ ।’

– See more at: http://setopati.com/chapa-bata/2682/#sthash.iWWwdQkS.dpuf

कमेन्टहरु
Loading...