नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

तस्बिरः फाइल

चितवन, ९ असार /चितवनको इच्छाकामना गाउँपालिकाको कालीखोलामा पहिरोले ट्रक र प्रहरी भ्यान बगाउँदा प्रहरी बेपत्ता छन् ।

इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाउँदा दुई जना प्रहरीको मृत्यु भएको छ । त्यसै  दुई जना प्रहरी बेपत्ता छन् । प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ पहिरो पन्छाउन गएका थिए ।

पहिरोले ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । दुई जनाको शव भेटिए पनि फेरि पहिरो गएर शव पुरिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...