सुरक्षा निकायले नै स्कर्टिङ गर्दै ८८ केजी सुन काठमाडौं

काठमाडौं, २० भदौ /तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ। दीपक रिजालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको छ। ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनीयाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो।

काठमाडौं भित्र्याएको उक्त सुन लिन भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरूले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।

एक साताअघि तिब्बतबाट केरूङमा आएको १ सय ३० किलो सुन नेपाल प्रवेश गर्न लागेको सुराकी पाएका रसुवाका एक युवकले उक्त सुन तस्करीका बारेमा अनुसन्धान गरेका थिए। तिब्बत र नेपालको सीमानामा केरूङबाट भित्रिएको उक्त सुन बिना जाँच राजधानी आइपुगेको उनले बताए।

रसुवागढीबाट आएको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक(जाँच राजधानी भित्रिएको थियो। १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहीँकतै उक्त गाडी चेक भएको थिएन।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखलाई प्रभावमा पारेर उक्त सुन काठमाडौं भित्रिएको पत्ता लागेको छ। १३० किलो सुन काठमाडौं भित्रिदै गरेको सुराकी पाएपछि पिछा गर्दै आएका ती युवकले बिना चेकजाँच काठमाडौं भित्रदै गरेको उक्त गाडीलाई सादा पोसाकमा रहेका प्रहरीले नुवाकोटको पिपलटारबाट पिछा गरेका थिए।

कमेन्टहरु
Loading...