गण्डकी प्रदेशमा लगानी गर्न हङकङबासीलाई मुख्यमन्त्रीको आह्वान

एजेन्सी, १८ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई आप्mनो प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् ।

“नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, हाइड्रो, कृषि र पुर्वाधारमा लगानी गर्न आउनुस् ।” लगानीको सुरक्षा दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री गुरुङले हङकङमा सिकेको ज्ञान, सीप र अनुभव स्वदेश निर्माणमा लगाउन आग्रह गरे ।

हङकङमा रहेका नेपाली प्रति लक्षित गर्दै मुख्यमन्त्री गुरुङले विदेशमा रहेका नेपालीहरु अब स्वदेश फर्केर केही गर्नुपर्ने बेला आएको समेत उल्लेख गरे ।  मुख्यमन्त्री गुरुङले नेपाली महावाणिज्य दुतावास हङकङले पनि आप्mनो सेवा सुविधा चुस्त र दुरुस्त बनाउनुपर्ने बताए । प्रदेश सरकारले आप्mनो निति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै उनले यसका लागि कानुन निर्माणसँगै बजेट कार्यान्वयन अघि बढाएको जानकारी दिए ।

कार्यक्रममा हङकङमा रहेका नेपाली तथा विदेशीको उल्लेख्य सहभागिता रहेको थियो । गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा तमु एसोसिएसन अफ हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुष १४ गते हङकङ गएका मुख्यमन्त्री गुरुङ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

हङकङ बसाईका क्रममा शुक्रबार लमजुङ सेवा समाज हङकङको अन्तक्र्रिया एवं सम्मान र शनिबार तमु एसोसिएसन अफ नेपालले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री गुरुङका स्वकीय सचिव सुर्य गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...