चैत २२ गते पोखराको हेम्जामा आलु महोत्सव

हेमजा, ५ माघ/ पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि बैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ हुने भएको छ ।

क्लवको आयोजनामा शनिवार भएको सरोकारवालाको भेलाले महोत्सव सम्पन्न गर्न क्लवका अध्यक्ष कृष्णबहादुर खड्काको संयोजकत्वमा एक सय ५१ सदस्यिय मुल आयोजक समिति गठन गरेको हो ।जसको महासचिवमा बसन्तकुमार श्रेष्ठ, सचिवमा मनोज कार्की तथा कोषाध्यक्षमा हरिकृष्ण थापा रहेका छन् ।

उक्त भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।जसअनुसार अर्थ संकलन उपसमिति संयोजकमा मदन थापा, लेखा उपसमिति संयोजकमा नारायण थापा, स्टल रेष्टुरेष्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा सिर्जना सापकोटा, अतिथी सत्कार उपसमिति संयोजकमा सोचना केसी, सांस्कृतिक उपसमिति संयोजकमा सुर्यबहादुर कुँवर, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी घनस्याम तिमिल्सीनालाई दिइएको छ ।

त्यस्तै उक्त भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा रमेश थापा, बैंक तथा बित्तिय संघसंस्था समन्वय उपसमिति संयोजकमा धनबहादुर थापा, स्वयमसेवक परिचालनमा राजेन्द्र थापा, प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेल, झाँकी ¥याली व्यवस्थापनमा जयराम तिमिल्सीना, प्राथमिक उपचारमा फुलदेव तिमिल्सीना, सरसफाई व्यवस्थापनमा लक्ष्मी जिसी, पुरस्कार तथा मायाको चिनोमा उमा पौडेल, छपाई तथा अनलाइन व्यवस्थापनमा अमृत परियार, बैदेशिक समन्वयमा मिलन बास्तोला र युवा परिचालन उपसमिति संयोजकको जिम्मेवारी बुद्घिबहादुर थापाले पाएका छन ।

‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।क्लवका अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम ९ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा महासचिव वसन्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।हेमजा क्षेत्र आलुका लागि प्रख्यात मानिदै आएको छ ।

कमेन्टहरु
Loading...