पोखराको यातायात र ट्राफिक व्यवस्थापन गर्न सवै सरोकारवाला मिलेर वढ्न प्रतिवद्ध

पोखरा,  ६ माघ /पर्यटकिय नगरी पोखराको समग्र यातायात र ट्राफिक व्यवस्थापनका लागि सवै सरोकारवाला निकाय मिलेर अगाडि वढ्ने प्रतिवद्धता जनाएका छन् । टि.आई नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीले सोमवार पोखरामा गरेको वृहत छलफल कार्यक्रमका सहभागीले पोखरालाई कुरुप हुनवाट जोगाउन पोखरेली नै लाग्नुपर्नेमा समेत जोड दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले पोखरालाई अव कुरुप वनाउने कि सुन्दर वनाउने तपाई कस्केलीहरुको हातमा छ, त्यसैले पनि यहाँका यातायात व्यवसायी नाफामुखी मात्रै होईन सामाजिक उत्तरदायी पनि वन्नुपर्ने वताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले पटक पटक यहाँका यातायात व्यवसायीसंग विगतमा गरेका सम्झौता कार्यान्वयन नभएको प्रति दुख व्यक्त समेत गर्नुभयो । उहाँले भन्नुभयो–गाडिका चालक र सहचालकले पोशाक लगाउने, ३० सिट भन्दा कम क्षमताका गाडि नचलाउने, ट्रयाक्सीको मिटर नियमित प्रयोग गर्ने लगायतका सम्झौता यातायात व्यवसायीले गर्नुभएको महिनौ भैसक्यो,–तर कार्यान्वयन गर्नुभएको छैन्, एक्लो सरकारले केही पनि गर्न नसक्ने हुँदा नागरिक समाजले वलियो खवरदारी गर्न आवश्यक रहेको वताउनुभयो ।

राज्यका निकाय कर असुल्ने वैधानिक निकाय हुन्,–प्रमुख जिल्ला अधिकारी कोईरालाले भन्नुभयो, व्यवसायी तथा नागरिकहरुले नै कानुन कार्यान्वयन नगर्दा समाजमा छाडापन वढेको छ, अनि राज्यका निकायले कर मात्रै उठाउछन् भन्ने भ्रम परेको छ, त्यो गलत हो । पोखरामा व्यवस्थित वसपार्क वन्न नसक्नु तथा विगतमा भएका सम्झौता पालनाकर्ताले पालना नगर्दा नै अहिले यातायात क्षेत्रमा समस्या सृजना भएको कोईरालाको भनाई छ ।

पश्चिम क्षेत्र पोखराका डिआईजी वमवहादुर भण्डारीले ट्राफिक व्यवस्थापनको क्षेत्रमा भएको समस्याप्रति आफु गम्भीर भएको भन्दै, आवश्यक जनशक्ति थप गर्ने तथा जनचेतना वढाउन आफु लाग्ने वताउनुभयो । उहाँले भन्नुभयो,–पुलिस मात्रै सवै कुराको दोषि होईन्, आफ्नो जनशक्तिमा भएको कमीकमजोरी सुधारका लागि काम हामी नयाँ काम गर्छौ । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख देवीराम भण्डारीले व्यवस्थित वसपार्क निर्माण नहुृँदा नै पोखराको यातायात व्यवस्थापन कमजोर भएको वताउनुभयो । उहाँले यातायात व्यवसायीलाई थप मर्यादित र प्रतिष्पर्धी वन्न पनि अनुरोध गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले यातायात क्षेत्रको सुधारका लागि सवैभन्दा पहिले व्यवसायी नै मर्यादित हुनुपर्ने वताउनुभयो । हामी आफैवाट सुध्रने प्रयत्न गरौ, दोषमुक्त हुने काम गरौै अनि मात्रै अरुलाई भन्न सकिन्छ अधिकारीले भन्नुभयो । पोखरा ट्याक्सी व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष वावराम अधिकारीले विगतमा वनेका ऐन नियम पालना गर्न राज्यले कडाईका साथ अनुमगन गर्नुपर्ने वताउनुभयो । विस्थापनको नीति त वन्यो तर अहिलेसम्म कोही पनि कार्यान्वयन गर्न लागेको छैन्–निषेधित गरिएका गाडि चलाउनका लागि वैकल्पिक सडकको पनि व्यवस्था गर्नुपर्ने अधिकारीले वताउनुभयो ।

कमेन्टहरु
Loading...