पोखरा संसारकै सस्तो पर्यटकीय गन्तव्य

पोखरा, १६ माघ/सानो झोला बोकेर धेरै समय रमणीय स्थानमा बिताउने पर्यटकका लागि पोखरा संसारकै सबैभन्दा सस्तो गन्तव्य बनेको छ । अन्तर्राष्ट्रिय वेब पोर्टल प्राइस अफ ट्राभल डट कमले विश्वका १ सय २४ पर्यटकीय गन्तव्यमा गरेको अध्ययनले मुलुकको पर्यटकीय राजधानीलाई सस्तो देखाएको आजको कान्तिपुर दैनिकमा सिला पाण्डेको समाचार छ ।

जहाँ दिनको १४ डलर ९करिब १४ सय रुपैयाँ भए एक दिन आरामदायी हिसाबले बिताउन सकिन्छ । साथमा नजिककैका पदयात्रा मार्गले थप आकषिर्त गर्ने उक्त वेबसाइटले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै जाँदा यहाँका गन्तव्य ब्यागप्याकरका लागि सहज बनेका हुन् । नेपाल आउने तेस्रो मुलुकका पर्यटकले सबैभन्दा पहिले काठमाडौं नै टेक्ने भए पनि धेरै एक या दुई दिनमै पोखरा लाग्छन् । कोही त्यहाँबाट मुक्तिनाथ तथा अन्नपूर्ण आधारशिविरतर्फ लाग्छन् । तर पोखरा बसिन्जेलका लागि उनीहरूले काठमाडौंको तुलनामा सस्तोमा आवास सुविधा पाउने पोर्टलले देखाएको छ । त्यसो त काठमाडौ पनि कम सस्तो छैन । यहाँ पनि १८ डलर भए बस्न पुग्छ । वेबसाइटको सूचीमा काठमाडौं छैटौं स्थानमा छ ।

पोखरा संसारकै सस्तो पर्यटकीय गन्तव्य
पोखरा संसारकै सस्तो पर्यटकीय गन्तव्य

एसियामा भने राजधानी चौथो स्थानमा छ । पोखरामा बस्न, खान, मनोरञ्जन र यातायातसमेतका लागि १४ दशमलव ३२ अमेरिकी डलरले पुग्ने अध्ययनमा उल्लेख छ । एसियामा पोखरापछि भियतनामको हानोई, थाइल्यान्डको चियाङ माई ब्यागप्याकरका लागि सस्ता गन्तव्य हुन् । काठमाडौं एसियामा चौथो स्थानमा छ तर विश्वको १ सय २४ पर्यटकीय गन्तव्यको सूचीमा छैटौं स्थानमा रहेको छ । काठमाडौंमा मुख्यगरी ठमेल क्षेत्र यस्ता पर्यटकका लागि बढी लक्षित छन् । यो सर्वेक्षणले ब्यागप्याकरलाई उत्साहित बनाए पनि मुलुकको पर्यटनको विकासका लागि यो सुखद होइन । पर्यटन व्यवसायीहरू भने नेपालको यो

छविलाई परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । ुब्यागप्याकरका लागि नेपाल प्याराडाइज भन्ने छवि निकै पुरानो हो,ु व्यवसायी वसन्त मिश्र भन्छन्, ुयसलाई परिवर्तन गर्नुपर्छ । नभए पर्यटन आम्दानीलाई अर्थतन्त्रको ठूलो हिस्सामा ल्याउन गाह्रो छ । उनका अनुसार ब्यागप्याकर पर्यटक हामीलाई चाहिँदैन भन्ने होइन । तर सेवालाई गुणस्तरीय बनाएर त्यसअनुसारको आम्दानी लिन सक्नुपर्ने उनले बताए । अर्कोतर्फ पर्यटन बोर्डले नेपाली गन्तव्य सस्तोको सूचीमा पर्नु आगमन वृद्धिका लागि राम्रो भएको बताएको छ । ुप्रतिस्पर्धात्मक पर्यटनका हिसाबमा सस्तो सुविधा हुनु ठीक हो,ु बोर्डका कार्यकारी निर्देशक आदित्य बरालले भने, ुगुणस्तरीय पर्यटक मात्र खोज्ने बेला आइसकेको छैन ।ु यस्तै पर्यटकलाई लक्षित गरी नेपालमा बढी बजेट विमान कम्पनीहरूसमेत आइरहेको उनले बताए । हामीले लक्षित गरेको संख्यामा पर्यटक आगमन पुगेपछि मात्र गुणात्मकतर्फ बढी केन्द्रित हुनुपर्छ, उनले भने ।

बढी खर्च गर्ने पर्यटकका लागि काठमाडौंमा धेरै होटल भए पनि पोखरा त्यस्तो नभएको जानकारी उनले दिए । ुत्यहाँ ठूला स्तरका होटल पछिल्लो पटक खुल्दै आएका हुन्,ु उनले भने, ुनभए ब्यागप्याकरकै लागि खोलिएका होटल हुन् । प्याकेज किनेर आउने जसलाई हामी ुगुणस्तरीयु पर्यटक भन्छौं, उनीहरूले समेत कम खर्च गरेको भन्दै सरकारले यसलाई बढाउने लक्ष्य लिएको स्थितिमा १४ या १८ डलर निकै कम भएको अर्का व्यवसायी अर्जुन शर्मा बताउँछन् । आर्थिक सर्वेक्षण २०६९र७० का अनुसार प्याकेजमा आउने अन्तर्राष्ट्रिय पर्यटकले प्रतिदिन गर्ने खर्च ३४ दशमलव ९३ डलर मात्र छ । यसलाई बढाएर ४५ देखि ५० पुर्‍याउने सरकारको लक्ष्य छ ।

विश्वमा घुम्नका लागि सस्तो गन्तव्यका लागि एसियाली देशले नै वर्चस्व जमाएका छन् । एसियाका ११ पर्यटकीय गन्तव्य सूचीमा सस्तोमा अगाडि छन् । युरोपमा अस्ट्रिया र टर्कीको मुद्रा डलरसँग कमजोर भएकाले सस्तो गन्तव्यमा पर्छन् । छिमेकी मुलुक भारतको गोवा सस्तो गन्तव्यमा परेको छ । विश्वका गन्तव्यमा गोवा चौथो सस्तो र एसियाली मुलुकमा पाँचौं सस्तो गन्तव्यमा पर्छ ।

कमेन्टहरु
Loading...