पोखराकी प्रभा बराल चितवनको राप्ती नगरपालिकाकी मेयर बनिन् #NepalVotes #Pokhara

काठमाडौं, ६ जेठ /पोखरामा जन्मे हुर्केर चितवनमा कर्म थालो बनाएकी प्रभा बराल चितवनको राप्ती नगरपालिकामा मयेर बनेकी छन् । उनले एमालेकी तर्फबाट मयेर बनेकी हुन् । उनीसहित नेपालमा निर्वाचित हुने महिला मेयरको संख्या चार पुगेको छ।

प्रभाले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किरणभुषण ओलीलाई हराएकी हुन्। उपमेयरमा पनि एमालेकै इमानसिंह लामा बिजयी भएका छन्।

उनको जित निश्चित भइसकेको भएपनि आधिकारीक घोषणा बाकी छ । उनी पोखराका मानव अधिकारबादी नेता टेकनाथ बरालकी छोरी हुन् ।

कमेन्टहरु
Loading...