पोखराको सडकमा युरो थ्रीका १४ नयाँ बस सरर

सागर राज तिमिल्सिना
पोखरा, ४ भदौ /पोखरा बस व्यवसायी समितिले १४ वटा नयाँ बस नयाँ रङमा सञ्चालन गरेका छ । शुक्रबार देखि पोखरा क्षेत्रमा नयाँ बस गुड्न थालेका छन् ।

पोखरा नगर बस पहेलो
पोखरा नगर बस पहेलो

आइसरका युरो थ्रि बस सुबिधा सम्पन्न रहेको पोखरा बस व्यवसायी समितिका सचिब अमृत शर्मा तिमिल्सिनाले बताए । उनले ३२ सिटे यो बस पोखरामा गण्डकी यातायात व्यवस्था कार्यालयले तोकेको जुन सुकै रुटमा सञ्चालनमा आएको बताए ।

उनले भने अहिले यहि रुटमा सञ्चालन हुनु पर्दछ भन्ने छैन, व्यवसायीलाई जता मन लाग्छ उतै सञ्चालनमा ल्याउन पाउ छन् । उनले यहि स्तरका २ सय ४१ बस थप्न लागेको बताए ।

उनले २ सय ४१ जना व्यवसायीले बस अहिले बुकिङ गरि सकेको बताए । केही दिनमा बसका चालक, सहचालक र सर्वसाधारणका लागि आबेदन खुल्ला गर्ने बताए । उनले सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा यातायात सञ्चालन गर्ने बताए पछि आफुहरुले बस थप गर्न लागेको बताए ।

कमेन्टहरु
Loading...