CAN

पोखरामा मुक्तकको वृहत कार्यशाला गोष्ठी हुने

44

पोखरा, माघ ७ गते /पोखरामा मुक्तकसम्बन्धी तीनदिने वृहत कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाण्डौको आयोजना तथा मुक्तक मञ्च, पोखराको सहआयोजनामा आगामी माघ १७ र १८ गते हुने हुने कार्यक्रममा नेपालका मेचीदेखि महाकालीसम्मका स्रष्टाहरुको जमघट हुने मुक्तक मञ्चका अध्यक्ष परिवर्तनले जनाउनुभयो ।कार्यक्रमका लागि अध्यक्ष परिवर्तनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा दीपकराज त्रिपाठी, प्राञ्जल, रुपिन्द्र प्रभावी, लक्ष्मण थापा, कृष्ण भण्डारी ‘मुमुक्षु’, विष्णु अल्पविराम, सरस्वती प्रतीक्षा, भीम रानाभाट, हेम सुवेदी, उदिपराज ढुङ्गानालगायतका सदस्यहरु रहेका छन् भने सम्पूर्ण पोखरेली साहित्यिक संघ÷संस्थाहरु पदेन सदस्य रहेका छन् । यस्तै रुपिन्द्र प्रभावीको संयोजकत्वमा कृष्ण देवकोटा र सञ्जीव पौडेल सदस्य रहेका प्रचार प्रसार उपसमिति, परिवर्तनको संयोजकत्वमा रामजीप्रसाद आचार्य, टीकाराम रेग्मी, रेशमा कार्की र कृष्णराज अधिकारी सदस्य रहेको अर्थ सङ्कलन उपसमिति, प्राञ्जलको संयोजकत्वमा माया कुँवर, समीर पौडेल र सरु लामिछाने सदस्य रहेको स्वयम्सेवक परिचालन उपसमिति, दीपकराज त्रिपाठीको संयोकत्वमा रविन शर्मा र अजय चपागाईं सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति, विष्णु अल्पविरामको संयोकत्वमा दीपक समीप, लक्ष्मण थापा, कृष्ण उदासी र ईश्वरमणि अधिकारी सदस्य रहेको अतिथि सत्कार उपसमिति पनि गठन गरिएको छ । यस्तै सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, प्रा. डा. विष्णुप्रसाद पौडेल, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, प्रा.डा. रविलाल अधिकारी र कृष्णप्रसाद बाँस्तोला रहेको सल्लाहकार समिति पनि गठन गरिएको मञ्चले जनाएको छ ।

कार्यक्रममा नेपाली साहित्यमा मुक्तकसम्बन्धी विद्यमान अन्योलहरु’bout व्यापक छलफल गरी मुक्तकको ठोस रुप कायम गर्ने प्रयास गरिने आयोजकले जनाएको छ । सो अवसरमा मुक्तकको रचना विधानका ’bout विविध कार्यपत्र प्रस्तुतीसहित विशेष मुक्तक गोष्ठी पनि हुने बताइएको छ । कार्यक्रमका लागि रत्नशमशेर थापा, चेतन कार्की, यादव खरेल, उषा शेरचन, राजेन्द्र थापा, डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, ज्ञानुवाकर पौडेल, जयदेव भट्टराई, रमेश पौडेल, बादल घिमिरे, रामकाजी कोनेलगायतको समूह पोखरा आउने कार्यक्रम रहेको छ भने पोखराबाट सरुभक्त, तीर्थ श्रेष्ठ, विष्णु अल्पविराम, दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, ईश्वरमणि अधिकारीलगायतले मुक्तक सुनाउने बताइएको छ ।