पोखरामा यातायात व्यवसायीविच झडप, सात घाईते (यसरी भयो झडप भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा ६ बैशाख / पोखरामा दुई वटा यातायात व्यवसायी समिति विच झडप हुदा ७ जना घाइते भएका छन् । पोखरा ५ जिरो किलोमिटरमा रहेको उज्यालो यातायात व्यवसायी समितिको कार्यालय अगाडी झडप भएको हो ।

झडपमा परि पृथ्बी राजमार्ग बस सञ्चालक समितिका पाँच जना र उज्यालो यातायात बस व्यवसायीका २ जना गरि ७ जना घाईते भएका छन् । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ उज्यालो यातायात समितिको विषयमा भएको विवादको कारण झडप भएको हो । नयाँ बस ल्याउन लागेको भन्दै दुई पक्ष बिच झडप भएको हो ।

घाईते हुनेहरुमा पृथ्बी राजमार्ग बस सञ्चालक समितिका श्यामलाल श्रेष्ठ, रुद्र वहादुर थापा मगर, प्रकाश सिग्देल, पशुपति पौडेल र झलक कुँवर छन् भने उज्यालोका नविन लामा र बिष्णु नेपाली घाइते भएका छन् । उनीहरुको मेट्रो सिटि अस्पताल र गण्डकी मेडिकलमा उपचार भइरहेको छ ।

https://youtu.be/q7gP-gDoj7c

कमेन्टहरु
Loading...