पोखरामा प्रशंसनीय खोज पद्धतिको प्रथम राष्ट्रि«य सम्मेलन भोली देखी

पोखरा,२३ पौष/प्रशंसनीय खोज प्रथम राष्ट्रिय सम्मेलन आज (बुधबार) देखी पोखरामा सुरु हुदै छ । परिकल्पना नेपालको आयोजनामा आजदेखी सुरु हुने सम्मेलन पुस २६ गतेसम्म संचालन हुने सम्मेलनका संयोजक राधाकृष्ण लामिछानेले जानकारी दिए ।

संयोजक लामिछानेले सम्मेलनले नेपालमा प्रशंसनीय खोजको सस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विश्वका विभिन्न कुनामा भएका सकारात्मक पÔको अध्ययन, अनुसन्धान र प्रयोगको अनुभव र ज्ञानलाई आदान(प्रदान गरी सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने उद्देश्यले अयोजना गरिएको उक्त सम्मेलनमा देश विदेशका करीब २ सय जना सहभागी रहने लामिछानेले जानकरी दिए ।

सम्मेलनमा सकारात्मक परिवर्तनमा योगदान पु¥याएका सकारात्मक ज्ञानमा आधारित कार्यपत्रहरु र पोष्टरहरु प्रस्तुत हुने समेत उनले जानकारी दिए । प्रशंसनीय खोज एउटा यस्तो सिद्धान्त र चिन्तन हो जसले हाम्रो सोचाई, चिन्तन र कार्य गराईलाई सकारात्मक पाटोबाट सोच्न एवं सकारात्मक रुपान्तरणको दिशातर्फ उन्मुख हुन उत्प्रेरित गर्दछ । सकारात्मक रुपान्तरणको लागि सवल पÔहरुको शोधखोज एवं अध्ययनमा आधारित यस दर्शनलाई सन् १९८० को दशकमा प्राध्यापक डेविड कुपराइडरले विकास गरेका हुन् । तत्पश्चात विश्वका विभिन्न अध्ययन संस्था एवं क्षेत्रहरुमा“सकारात्मक ज्ञान” को अध्ययन, अनुसन्धान, शोधखोज एवं प्रयोग भइरहेको छ ।

कमेन्टहरु
Loading...