पोखरामा तीन दिनदेखि प्याराग्लाइडिङ ठप्प

पोखरा, ११ वैशाख /नागरिक उड्डयन प्राधिकरणले शुल्क बढाएको भन्दै पोखराका प्याराग्लाइडिङ पाइलटले तीन दिनदेखि उडान बन्द गरेका छन् । पाइलटले मासिक नौ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने दबाब प्राधिकरणबाट आएकाले त्यसविरुद्ध पाइलट आन्दोलित भएका हुन्।
व्यावसायिक उडानका लागि लाइसेन्स लिइसकेपछि पनि पटके उडानका नाममा प्राधिकरणले शुल्क मागेको भन्दै पाइलट असन्तुष्ट बनेका हुन् । पोखरामा उडान रोकेर पाइलट बिहीबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय घेराउका लागि काठमाडौंमा छन्। प्राधिकरणका अधिकारी भने राज्यले लगाएको नियमअनुसार शुल्क तिर्नु पर्ने बताएका छन् ।

प्राधिकरणको पोखरा विमानस्थल कार्यालय प्रमुख दीपक बरालले नेपाल हवाई खेलकुद नियमावलीमा भएको व्यवस्थाअनुसार प्याराग्लाइडिङ पाइलटहरूसँग शुल्क तिर्न भनिएको बताए। एकदुईपटकको उडानका लागि आउने विदेशीलाई लक्ष्य गरेर बनेको नियम आफूहरूमाथि लादिएको नेपाली पाइलटको भनाइ छ। नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका महासचिव मित्रलाल बास्तोलाले आफू पटके पाइलट नभई व्यावसायिक भएको हुँदा उक्त शुल्क तिर्न बाध्य नहुने बताए।

हामीले पनि पोखराबाहिरका कुनै मेला महोत्सवका लागि पटके उडान गर्‍यौं भने शुल्क लिनु स्वाभाविक होलाु, उनले भने, तर बकाइदा लाइसेन्स लिएर व्यावसायिक उडान गरिरहेकालाई पनि पटके शुल्क सुहाएन । यस्तो नियम विदेशीका लागि भएको उनको तर्क छ। पहिलापहिला विदेशी आएर उडान गर्थे, नेपालीसँग लाइसेन्स थिएन, अब त नेपालीसँग लाइसेन्स छु, उनले भने, प्याराग्लाइडिङ कम्पनीले आकाश प्रयोग गरेबापतको कर तिरेकै छन्।

नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष योगेश भट्टराईका अनुसार पोखरामा दैनिक औसत डेढ सयजति प्याराग्लाइडिङ उडान हुन्छ। पाँच दर्जनजति प्याराग्लाइडिङ कम्पनी छन्। नेपाली एक सय १० जनाले प्याराग्लाइडिङ पाइलटको लाइसेन्स लिएका छन्।

गएको भदौमा अस्थायी लाइसेन्स लिएदेखि उनीहरूसँग नागरिक उड्डयन प्राधिकरणले मासिक नौ हजार रुपैयाँ शुल्क मागेको हो। भदौ र असोजको उनीहरूले तिरेका पनि थिए। ुदुई महिनाको तिर्नोस्, पछि नियम संशोधन हुन्छ भनिएको थियोु, पाइलट बास्तोलाले फोनमा भने, विदेशीलाई लक्ष्य गरेर लगाएको शुल्क नेपालीलाई लगाउने काम रोकियोस् भनेर दबाब दिन काठमाडौं आएका छौं।

कमेन्टहरु
Loading...