सहज भएन पोखरामा लाईसन्स वितरण

माधब पनेरु
पोखरा, २७ माघ /दुईपाङ्गे सवारी साधनको मात्र सवारी चालक अनुमति पत्र बितरण गरेको यातायात ब्यबस्था कार्यालय पोखरामा लाईसन्स लिनेको भिड नघटेपछि ब्यबस्थापनको समस्या परेको छ । सिमित कर्मचारीले काम गर्नुपर्ने भएपछि सवारीचालक अनुमतिपत्र बितरण ब्यबस्थीत बनाउन समस्या परेको कार्यालयको भनाई छ । केही समय अगाडीसम्म रातभरी लाईनमा बसेर फाराम फर्नुपर्ने अबस्था थियो । अघिल्लो दिनबाट नै लाईनमा बस्नुपर्ने भएपछि टाढाबाट आउने सेवागा्रहीलाई असहज भएको थियो ।

अहिले त्यो अबस्था नरहेपनि लाईसन्सको नयाँ परिक्षा कहिले हून्छ भन्ने कुरा स्वयं यातायात कार्यलयले नै भन्न सक्ने अबस्था छैन । फाराम बितरण र परिक्षा तयारीको लागि समय नपुग्ने भएपछि हप्ताको दुईपटक लाईसन्स बितरण गरिने भनिएपनि नियमित हुन सकेको छैन ।
दुईपाङ्गे सवारी साधनको अनुमति बितरण सुरु गरेको यातायातले चारपाङ्गेको लागि तयारी गरेपनि काम निरन्तर हुन सकेको छैन । सामान्य कुराकोे पनि समयमै टुङ्गो नलागेपछि सवारीसाधनको लाईसन्स बितरणको लागि बनाउन लागिएको पुर्वाधार नगरपालिका र यातायात बिचको समन्वयको अभाबमा रोकिएको हो ।

यसअघि नगरपालिकाले प्रयोग गदै आएको उक्त जग्गामा नगरापालिकाले गाडेको मरेका पशु, चौपाय नहटाएपछि यातायातले आफ्नो काम गर्न पाएको छैन । नगरपालिकाले आफुले गरेको फोहर हटाउन आनाकानी गरिरहेको छ । जसले गर्दा काम नै रोकिएको यातायात ब्यबस्था कार्यालय पोखराका प्रमुख देबिराम भण्डारीले बताए । आफुले गरेको फोहर हटाउन पत्र लेखेर नै दिइयो तर काम भएन ः उनले भने । हामिले लामो गृहकार्यपछि सुरु गर्न लागिएको लाईसन्स बितरणको काममा ढिलासुस्ती हुनु यो नै प्रमुख कारण भएको भण्डारीको भनाई छ । नगरपालिकाले भने उक्त फोहोर हटाउने जिम्मा नलिने बताएको छ ।

कमेन्टहरु
Loading...