दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि पोखराबाट ४ जना फोटो पत्रकार मनोनित

काठमाडौँ, ८ वैशाख /ग्लोबल आइएमइ दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि ११ विधामा पत्रकार मनोनित भएका छन् । मुलुकभरका विभिन्न सञ्चार माध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमई बैँक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका हुन् ।

यस मध्ये पोखरा बाट २ बिधामा दुर्गा प्रसाद पौडेल एक एक बिधामा सुर्दशन रिञ्जत,संजय शाक्यर उमेश पुन मनोनितमा परेका छन। राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा वैशाख १३ गते फोटो पत्रकारिता अवार्ड–२०७४ वितरण हुँदैछ । राजनीतिक, महिला, खेलकुद, दैनिक जिवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विधा रहेका छन् ।

मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई शुक्रबार एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताए ।

वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विद्यामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफि र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने समूहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिए ।

कमेन्टहरु
Loading...