पोखरा औद्योगीक क्षेत्रमा ५ नयाँ उद्योग, दश करोडको लगानी

सागर राज तिमिल्सिना
पोखरा, २४ साउन/पोखरा औद्योगीक क्षेत्रमा अघिल्लो आर्थिक वर्षमा ५ वटा नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०६९÷७० मा पोखरा औद्योगीक क्षेत्रमा २ वटा प्लास्टिक उद्योग, २ वटा पानी र एउटा दुग्घ उद्योग थपिएका हुन् । ति उद्योगहरुले करिब १० करोड लगानी गरेको पोखरा औद्योगीक क्षेत्र व्यवस्थापन कार्यालयका कामु क्षेत्र प्रबन्धक भोजराज विनाडीले जानकारी दिए ।
DSCN9336नयाँ सन्चालनमा आएका उद्योगहरुले हिमालय लाईफ प्लाष्टिक प्रालिले ३ करोड, सुजल प्लास्टिक १ करोड ५० लाख, नेपाल हिमालयन वेभरज २ करोड, अन्नपुर्ण फुड्स एण्ड वेभरज २ करोड र असल डेरीले १ करोड लगानी गरेका छन् ।
नयाँ आएका उद्योग सहित औद्योगीक क्षेत्रमा सन्चालनमा रहेका उद्योगहरुको संख्या ७० पुगेको छ । नयाँ सन्चालनमा आएको उद्योगमा हिमालयन लाईफ प्लास्टिकले पुराना प्लास्टिकका बोतलहरुलाई पेलेर प्लास्टिक दानाको उत्पादन गर्दछ भने । अर्को सुजलले प्लास्टिक बोतल उत्पादन गर्दछ ।
बन्द उद्योग दश वटा
पोखरा औद्योगीक क्षेत्रमा दश वटा उद्योग बन्द रहेका छन् । बन्द उद्योगलाई पोखरा औद्योगीक क्षेत्र व्यवस्थापन कार्यालयले सन्चालन गर्न वा ठाउँ छाड्नका लागी सन्चालकहरु सगँ अनुरोध गरेको कामु क्षेत्र प्रबन्धक भोजराज विनाडीले बताए । बन्द रहेको केही उद्योगहरु सन्चालनको तयारीमा रहेको र केहीलाई ठाउँ छाड्नका अनुरोध गरेको विनाडीले बताए ।
औद्योगीक क्षेत्र भित्र रहेका गण्डकी नुडल्स, भगवती विस्कुट, कमल पाउरोटी, पन्थी पेपर, मुस्ताङ्ग इन्जिनेरीङ्ग, सिग्देल मुद्रण, उमा शंकर टुथपेस्ट र सिह खनीज रहेका छन् । बन्द उद्योग गण्डकी नुडल्सका सन्चालहरुले नयाँ उद्योग खोल्ने तयारीमा छन् भने सिग्देल मुद्रण औद्योगीक क्षेत्रबाट हटेको छ । अन्य उद्योग भएको ठाउँमा कतिपय नयाँ उद्योग सन्चालमा आउने तयारीमा छन् भने कतिपय कानुनी रुपमा मात्रै जिवित रहेको कामु विनाडीले बताए ।
थप ठाउँ चाहियो
पोखरा औद्योगीक क्षेत्रमा उद्योगका लागी जग्गा माग्न उद्योगीहरु आइ रहने भए पनि माग अनुसारको ठाउँ दिन नसकिएका प्रमुख विनाडीले बताए । उनले पोखरामा अर्को ठाउँमा पनि औद्योगिक क्षेत्र सन्चालमा ल्याउनु पर्ने बताए । नयाँ उद्योगका लागी जग्गा माग्न आए पनि औद्योगीक क्षेत्र भित्र जग्गा दिन नसकेको उनले बताए । अर्को ठाउँमा औद्योगीक क्षेत्र खोल्न व्यवसायीहरुले माग समेत राख्दै आएका छन् ।

कमेन्टहरु
Loading...