सफल पोखरा कप फुटबल प्रतियोगिता शुरु, एपीएफको विजयी शुरुवात

पोखरा, १४ कार्तिक/दोस्रो हाफमा मैदान छिरेको अर्जुन सुब्बाले दुई गरेपछि विभागिय टोली एपीएफले पोखरामा शुरु भएको सफल पोखरा कपको उदघाटन खेलमा एनआईविएल फ्रेण्ड्स क्लब माथि ४–३ को जित निकालेको छ । मंगलबार पोखरा रंगशालमा कुमार थापाको कप्तानीमा उत्रिएको एपीएफले फ्रेण्ड्स क्लबलाई दोस्रो हाफमा तीन गोल हिर्काएपछि सहज जित सम्भव भएको थियो ।

चार राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको फ्रेण्ड्सले ३६ औं मिनेटमा पहिलो गोलको सामना गरेपछि दवावमा खेल्नु परेको थियो । तर मध्यान्तर हुनु पाँचमिनेट अघिमात्रै रितेश मल्लले प्रकाश बुढाथोकीको पासमा हेड गर्दै गोल गरेपछि खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको थियो ।

गणेशत लावतीले गोलकिपर समित राजभण्डारीले हिर्काएको लामो पासलाई वान टचमा गोल गरे । फ्रेण्डसका रक्षक एवं लिवरो सागर थापाको हेलचक्रयाईमा लावतीले गोलकिपर अगाडि बढेको अवस्थामा बललाई ‘प्mिलक’ गराउँदै जाली चुमाएपछि एपीएफले अग्रता लिएको थियो । दोस्रो हाफमा मिलन राईले विस्थापन गरेर मैदान छिरेका होचाकदका फुर्तिला खेलाडी अर्जुन सुब्बाले श्याम नेपालीको पासलाई सदुपयोग गर्दै ४७ औं मिनेटमा गोल गरेपछि एपीएफले पुन अग्रता लियो ।

एपीएफका गोलकिपर राजभण्डारीको फलमा पाएको पेनाल्टीलाई जगजित श्रेष्ठले बललाई जाली चुमाउन नसक्दा फ्रेण्डसका प्रशिक्षकदेखि प्लयेर बक्समा बसेको खेलाडीहरुमात्रै नभई दर्शक समेत चुकचुकाएका थिए । पेनाल्टीलाई गुमाएका जगजितले अन्तिम समयमा ८९ र ९० मिनेटमा दुई गोल गर्दै खेलमा फर्कने कोशिश गरेपनि फ्रेण्ड्स एक गोलले पछि पर्दै सफल कपबाट विदाई लिन बाध्य बन्यो ।

खेलको ६२ औ मिनेटमा अनुभवी र भरपदा नेपाली राष्ट्रिय टोलीका कप्तान एवं डिफेन्स सागर थापाको गल्ती दोहोरिएपछि फ्रेण्ड्सले अर्को गोल सहनु प¥यो । किलयर गर्न ढिलाई गरेपछि थापाको खुट्टाबाट बसल खोसेर श्याम नेपालीले एपीएफका लागि तेस्रो गोल गरे । अन्तिम गोल भने अजुर्न सुब्बाले ८८ औं मिनेटमा एकल प्रयासमा गर्दै एपीएफलाई क्र्वाटरफाईनलको यात्रा सुनिश्चित बनाए ।

एक गोल र एक गोलको लागि अवसर सृजना गरेका श्याम नेपाली म्यान अफ दि म्याच घोषित भए । फुटबलमा अवसर निकै कम पाईन्छ । पाएको अवसर गुमेपछि पराजयको हकदार बन्ने गरिन्छ । फ्रेण्ड्सको हकमा पनि मंगलबार उस्तै नियति दोहोरिएको थियो । २१ औंमिनेटमा विष्णु केसीले घरेलु मैदानमा गोलकिपर मात्रै रहेको अवस्थामा हानेको बल आकासिएपछि पहिलो महत्वपूर्ण अवसर गुम्न पुग्यो । त्यसैगरी सन्तोष तामाङको पासलाई पनि मार्किङ विहीन बसेका विष्णुले हानेको हेड बल पनि पोष्टको फ्रेम भन्दा धेरै बाहिर गयो ।

प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले पोखरालाई खेलकुदको गन्तव्यस्थल बनाउन कर्भड हल निर्माण र प्यारापिट निर्माणको लागि ५÷५ करोड रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उनले पोखरालाई माउण्टेन स्पोर्टसको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए । प्रतियोगिता विजेताले तीनलाख पाँच हजार र उपविजेताले एकलाख ५० हजार रुपियाँ प्रदान गरिने संयोजक गोपीभट्टराईले जानकारी दिए ।

कमेन्टहरु
Loading...