पोखरा बसका नयाँ बस पोखराको सडकमा सरर

पोखरा, ३ असार/पोखरा बस व्यवसायी समितिले पोखरामा पुराना बस विस्थापन गर्ने र नयाँ बस ल्याउने नीति अनुरुप बिहीबार थप २४ वटा गाडीको स्वामित्व लिएको छ । पोखराका लागि आइचरको ईष्ट्रन एजेन्सीको आधिकारीक बिक्रेता अटोवेज प्रा.लिले आइचर प्रो ३००८ बस पोखरा नगर बस व्यवसायी समितिलाई हस्तान्तरण गरेको हो ।

भिई कमर्सियल भेइकलस् नेपाल तथा बंगलादेशका कन्ट्री म्यानेजर तरण अरोराले पोखरा बस व्यवसायी समितिका व्यावसायीलाई चावी हस्तान्तरण गरे । आइचरका बसहरु यसै आर्थिक बर्षमा पोखरा, बुटवल र नारायणगढमा गरेर ४ सय गाडी विक्री भएको उनले जानकारी दिए । अटोवयज प्रालिका प्रवन्ध निर्देसक नारायण पौडेलले हस्तान्तरण गरिएका गाडी पोखरालाई सुन्दर राखि राख्न उपयोगी हुने उल्लेख गरे । ३६ सिट क्षेमताको उक्त गाडीको मूल्य ३७ लाख पर्ने कार्यक्रममा जानकारी दिइयो ।

पोखरा बसका नयाँ बस पोखराको सडकमा सरर
पोखरा बसका नयाँ बस पोखराको सडकमा सरर

अटोवयजले विस्थापन भएका पुराना गाडी आफैले लिएर नयाँ गाडी उपलब्ध गराएको हो । पोखरा बस व्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले सन् २००१ र २००२ मा पोखरामा संचालनमा आएका ३४ वटा बसलाई विस्थापन गरी सोहि ठाँउमा नयाँ मोडलको युरो–थ्री मापदण्डका साझा बसको अवधारणामा उक्त गाडी ल्याइएको जानकारी दिए । उनका अनुसार यसै बर्ष यस अगाडि टाटा अल्ट्रा कम्पनिका ३५ सिट क्षेमताका ४ बस सञ्चालनमा आइसकेका छन् । थप ६ बस आउने तयारीमा रहेको छ । पोखरा बस व्यवसायी समिति अन्तर्गतका २ सय ५१ माइक्रोबस पोखरामा गुड्छन् ।

पोखरामा संचालनमा आएका यस अघिका माईक्रो बसको तुलनामा नयाँ बस धेरै ठुला तथा यात्रु मैत्रि र आरामदायी सुविधा सम्पन्न तथा प्रविधि जडित बसहरु संचालनमा आएको तिमिल्सिनाको भनाई छ । उक्त बसहरुमा ग्लोवल पोजिसन सिस्टम ‘जिपिएस’, मोवाईल एव्लिकेसन जडान हुने भएकोले उक्त गाडीहरु कहाँबाट गुड्दैछ, कुन ठाँउमा कतिखेर आउछ, भाडा दर कति जस्ता कुराहरु यात्रुहरुले मोवाईलबाटै थाहा पाउन सक्ने तिमिल्सिनाले बताए ।

तर यसका लागि अझै दुई महिना कुर्नुपर्ने भएको उनले बताए ।‘असार भित्रै सवै गर्छौैं भन्ने थियो,’ उनले भने, ‘अहिले २÷४ वटाबाट सुरु हुन्छ, पुरैमा सुविधा प्रदान गर्न अझै दुई महिना लाग्ने भयो ।’ जिपिएसको कन्ट्रोल रुम समितिबाटै संचालन गर्ने तयारी रहेकोे उनले बताए । पोखरा बस व्यवसायी समितिले पछिल्ला दिनमा पोखराको छोरेपाटन बाट लामाचौर सम्म सेवा विस्तार गरेको छ । यस्तै फेवा बेगनास सिधा बस सेवा समेत सञ्चालनमा ल्याएको छ ।

कमेन्टहरु
Loading...