चार दिनमा पोखरा वस व्यावसायी समितिको अर्को कार्यसमिति चयन

सर्वसम्वत रुपमा चार दिन अघि मात्र नयाँ कार्यसमिति चयन भएको पोखरा वस व्यावसायी समितिको ४ दिन वित्न नपाउदै पुनः अर्को कार्यसमिति चयन भएको छ । साउन २७ गते महाप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको भए पनि व्यावसायीहरुले बिरोध जनाउदै निर्वाचनमा जानु पर्ने माग राखे पछि मंगलबार देउप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको छ ।

सर्वसम्वत रुपमा आफु अध्यक्ष भए पनि व्यावसायीहरुले बिरोध जनाए पछि आफुले पुनः अध्यक्षको नाममा निर्वाचनमा जान ईच्छुक नभएको निवर्तमान अध्यक्ष सुवेदीले बताए । महाप्रसाद सुवेदी र देउकाजी गुरुङ अध्यक्षको पदमा उठ्न चाहे पछि ५ सदस्यीय हाई कमाण्ड एक टोलीले सर्वसम्वत रुपमा साउन २७ गते सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भए पछि सपथ ग्रहण गराएको थियो ।

नयाँ छनौटसमितिको बरिष्ठ उपाध्यक्षमा चिजकाजी गुरुङ, उपाध्यक्षमा क्षेत्रबहादुर राना, सचिवमा गोपाल बराल, कोषाध्यक्षमा रविन्द्र श्रेष्ठ रहेका छन् । अन्य सदस्यहरुमा महेन्द्र खड्का, स्वदेश शाही, डोलनाथ बाँस्तोला, पदमबहादुर केसी, विष्णुकुमार थापा, रामकृष्ण भण्डारी निर्वीरोध चयन गरेको हो । सर्वसम्वन चयन भएका नयाँ कार्यसमितिलाई मंगलबार निर्वाचन समितिका संयोजक दामोदर अधिकारीले सपथ ग्रहण गराएका थिए ।

कमेन्टहरु
Loading...