पोखरा बन्दको कार्यक्रम फिर्ता

पोखरा, २२ काक्तिक/नयाँ बस व्यवसायी समिति खारेजीको माग गर्दै आन्दोलित बनेका पोखराका पुराना बस व्यवसायीले आफनो सवै आन्दोलनका कार्यक्रम केही समयका लागि स्थगित गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा कास्कीमा प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम संग पुराना यातायात व्यवसायीले छलफल गरेपछि अहिलेलाई आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

छलफलले विश्वकल्याण पराजुलीको संयोजकत्वमा ७ सदस्यीय पोखरामा बस आवश्यकताको विषयमा अनुसन्धान गर्ने भएको छ । टोलीले केही महिना लगाएर पोखरा थप बस आवश्यकताका विषयमा अनुसन्धान गरि प्रतिबेदन पेश गर्ने छ । प्रतिवेदनका आधारमा पोखरामा थप बस आवश्यकता गर्ने कि नगर्ने अन्तिम निर्णय लिने छ ।

टोलीले पोखरामा बसको आवश्यकता भएको ठहर गरेमा पुराना बस व्यवसायीले पनि त्यस निर्णयलाई मान्दै नयाँ बस व्यवसायी समिति विध्नवासिनि नगर बस व्यवसायी समितिलाई कुनै किसिमको अवरोध नगरिने पोखरा यातयात वस व्यवसायी समितिका अध्यक्ष देउप्रसाद गुरुङ्गले बताए । तर पोखरामा वसको खाचोँ नभएको प्रतिवेदन आएमा नयाँ दर्ता भएको समितिलाई खारेजी गरिने बताइएको छ ।

यसअघि नयाँ समिति दर्ता खारेजीको माग गर्दे पुराना यातायात व्यवसायीले पोखरामा १ घण्टे चक्काजाम, यातायात व्यवास्था कार्यालयमा धर्ना, जिल्ला प्रशासनमा घेराउ गर्नेलगायतका कार्यक्रम गरेका थिए ।

कमेन्टहरु
Loading...