पाल्पामा बस दुर्घटना चालक र गाडिधनी सहित १४ जनाको मृत्यु (अपडेट) (फोटो फिचर)

मृतक १३ जनाको सनाखत, १ पुरुषको बाकी, ७ घाईतेको उपचार हुदै (नामसहित)

गोकुल बानियाँ/२३ माघ पोखरा । पोखराबाट भैरहवा जाँदै गरेको यात्रु बाहक बस पाल्पाको चिदिपानी–२ भालुखोलामा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ । लु १ ख ४९२४ नम्बरको बस गएराती २ बजे दुर्घटना हुँदा चालक र बस धनी सहित १४ जनाको ज्यान गएको हो । १२ जनाको घटनास्थलमै र दुई जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा चालक पाल्पा मुजुङ – ८ का ३३ बर्षिय रोमनसंह सारु मगर, बस धनी बाग्लुङ बुर्तिबाङका २८ बर्षिय मोहन केसी, कास्की भरतपोखरी–१ का २२ बर्षिय बुद्धी बहादुर बिक, मोरवाना ९ रुकुमका राजबहादुर गुरुङ, बर्दिया मगरागढी ९ का बिराटसिंह ठकुरी, रामु ओली, बिराटनगरका ४९ बर्षिय गोपाल ढकाल, पर्बत ठुलीपोखरीका बाबुराम आचार्य र ठाकुर सुनारको ज्यान गएको छ ।

पोखराबाट बुटवल जादै गरेको बस दुर्घटना
पोखराबाट बुटवल जादै गरेको बस दुर्घटना

त्यस्तै दुर्घटनामा परी दुई प्रहरी जवानको पनि मृत्यु भएको छ । गुल्मी मेलपोखरी स्थायी घर भई वडा प्रहरी कार्यलय रामबजारमा कार्यरत प्रहरी जवान २६ बर्षिय गिरिराज भट्टराई र गुल्मी सिमिचौर स्थायी घर भई बाग्लुङमा कार्यरत प्रहरी जवान दिन बहादुर बस्नेतको ज्यान गएको छ । यसैगरी दाङ कौलिया ५ का टेकराज पौडेल र अर्घाखाची नरपानी – ८ का पदम झाक्रीको मृत्यु भएको छ । मृतक मध्य एक जना पुरुषको सनाखत हुन बाकी छ । मृतकको शब जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले बताए ।

दुर्घटनामा ७ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको मिशन अस्पताल र ३ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईते हुनेमा स्याङजा पुतलीबजार २ का १९ बिर्षय दिपक कुवर, स्याङजा चिन्नेबास ७ का ३७ बर्षिय तुल बहादुर राना, बर्दिया मंगलागढी ९ की ३९ बर्षिय कमला ठकुरी, कास्कीकी २७ बर्षिय चन्दा वली, रुकुम मरावाङ ८ का ४३ वर्षिय नरबहादुर बुढा मगर, बाग्लुङ भकुण्डे– ६ का २२ बर्षिय सुर्य बहादुर खत्री र रुपन्देही वुटवल नगरपालिका–६ का २४ बर्षिय प्रदिप केशरी रहेका छन् ।

बसमा करिब २५ जना यात्रु रहेका थिए । राती २ बजे दुर्घटना भए पनि सुनसान ठाउँमा भएका कारण ढिलो मात्रै दुर्घटनाको बारेमा जानकारी आएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताए । नेपाल प्रहरी, नेपाली सेनाको चण्डी प्रसाद गण र सशस्त्र प्रहरीका साथै स्थानियले उद्धार गरेका थिए । भीरमा अकिएका शव र घाइतेको डोरी लगाएर उद्धार गरिएको थियो ।सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको बस पूर्ण रुपमा क्षतिग्रस्त छ । चालक निदाएका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ । सोहि स्थानमा गत बर्षको फागुन २१ गते भएको जन्ति बस दुर्घटनामा १६ जनाको ज्यान गएको थियो ।

पोखराबाट बुटवल जादै गरेको बस दुर्घटना
पोखराबाट बुटवल जादै गरेको बस दुर्घटना

pokhara to butal bas acc (3)

कमेन्टहरु
Loading...