पोखराका एक पुरुषले श्रीमतिलाई एसिड प्रहार, ४ जना पक्राउ

पोखरा, १९ पुस /पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै पुगेर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका छन् । पोखराका वीरेन गुरूङले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म पुगेर एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौंडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ।

कमेन्टहरु
Loading...