सरकारी कार्यालयमा कामकाज ठप्प

पोखरा, ३१ भदौ / पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन चरणवद्ध आन्दोलनमा उत्रीएका पोखरा तथा पश्चिमाञ्चलबासीले आज गण्डकी र धौलागिरीका सरकारी कार्यालय अगाडी धर्ना दिएर कामकाज ठप्प पारेका छन् । गण्डकी, धौलागिरीका सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयको काम ठप्प पारेका छन् । कास्की बाहेका अन्य जिल्लामा गठन भएको विमानस्थल निर्माण सरोकार समितिको अगुवामा सरकारी कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेका छन् ।

विमानस्थल सरोकार समितिको आव्हानमा पोखरेलीहरुले सरकारी कार्यालय अन्तर्गत शिक्षा, वन, हुलाक, पोखरा उपमहानगर पालिका, यातायात, साल्ट टे«डिङ, कृषि सामाग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, विद्युत, लगायतका सरकारी कार्यालयको गेटमा नारावाजी सहित धर्ना दिएका छन् । धर्नामा सहभागिहरुले विमानस्थल निमार्ण कार्य तत्काल सुरु गर, वहानाबाजीको अन्त्य गर, सरकारी ढिलासुस्ती अन्त्य गर लगायतका नारावाजी लगाएका थिए ।

सरकारी कार्यालयमा कामकाज ठप्प पार्नको लागि पूर्वान्ह ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न दिएका छैनन । कति पय कर्मचारी भने आन्दोलनकारी भन्दा पहिले नै कर्मचारी प्रबेश गरेका थिए । लेखनाथमा गठन गरिएको सरोकार समितिको अगुवाईमा लेखनाथ नगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत रिले अनसन पनि जारी छ । पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय मागेपनि काम नभपछि पोखरेली फेरी चरणवद्ध आन्दोलनमा उत्रीएका हुन ।

कमेन्टहरु
Loading...