पृथ्वीनारायण क्याम्पसको अनुसन्धान टोली

पोखरा, २२ मंसिर/ पृथ्वीनारायण क्याम्पसमा रहेको अनुसन्धान टोलीले पश्चिम नेपालका महिलामाथी हुने हिंसाको सम्बन्धमा गर्न लागेको अनुसन्धानको बारेमा प्रारम्भिक सेमिनारको आयोजना ग¥यो । सेमिनारमा अनुसन्धानको सुरुवात गण्डकी र लुम्बिनिको पाल्पा, कास्की र बाग्लुङ्गका ग्रामीण भेगमा रहेका महिलाहरुमाथी हुने हिंसाको वारेमा अनुसन्धान गरिने र त्यसपछि पश्चिम नेपालतर्फ लाग्ने वारेमा जानकारी दिएको छ ।

सेमिनारमा डाक्टर लेखनाथ भट्टराइले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विशेष गरी पश्चिम नेपालका महिलाहरुमाथी वढी मात्रामा हिंसा हुने भएकाले त्यसको वारेमा अनुसन्धान आवश्यक भएकाले आफुहरुले पश्चिम नेपालको पनि पहाडी भेगमा वसोवास गर्ने महिलाहरुमाथी हुने हिंसाको वारेमा अनुसन्धान गर्न लागेको वताए ।

पश्चिम नेपालमा अझैपनि परम्परागत शैलीका मुल्य र मान्यताहरु रहेकाले त्यसको वारेमा सचेत गराइ उनीहरुको परम्पराले महिला हिंसालाइ कसरी वढावा दिइरहेको छ भन्ने बारेमा समेत अनुसन्धानको विषय वन्ने उनको भनाइ रहेको थियो । सेमिनारमा अनुसन्धानका विषयमा डाक्टर विकास कुमार केसीले जानकारी दिदै आगामी महिनादेखि शुरु हुने अनुसन्धान १५ महिनाको हुने वताए । पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनुसन्धान सम्बन्धी काम गर्दै आइरहेका ६ दर्जन वढीको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...