प्रधानमन्त्री भए लगत्तै केपी ओलिले तोडे यस्तो पुरानो परम्परा

काठमाण्डु, ३ फागुन – नवनियुक्त प्रधामनन्त्री केपी शर्मा ओली बिहीवार राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिए लगत्तै कृर्तीपुर चम्पादेवी पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालीकमा माल्यापर्ण गर्ने भएका छन् ।

अन्य प्रधानमन्त्रीहरु लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गरेर सिंहदरवार जाने गरेका थिए । तर, ओलीले यो पटक नयाँ नियम बसाल्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शीतल निवासमा अपरान्ह ४ बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीवार नै ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । त्यसअघि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...