प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा उठेका प्रश्नको सम्बोधन गर्ने छन् ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

सम्बोधनका क्रममा लकडाउनको नयाँ स्वरूप बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने सर्वसाधरणको अपेक्षा छ । त्यस्तै लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने पनि तयारी छ ।

बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ ।

कमेन्टहरु
Loading...