प्रधानमन्त्री ओलीको स्वागतमा दिल्लीमा तामझाम

नयाँ दिल्ली, ७ फागुन/ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र होइन राष्ट्रपति प्रणव मुखर्जी पनि उत्साही भएको बताएका छन्।आजनयाँ पत्रिका दैनिकमा समाचार छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको चाहना र भारत सरकारको इच्छाअनुसार प्रधानमन्त्री केपी ओलीको भ्रमण राजकीय हैसियतमा हुन लागेको छ। बेलायतका अन्तिम गभर्नर लर्ड माउन्टब्याटेन बसेको राजभवन भव्य र सानदार छ। ओलीलाई त्यही भवनमा राखिने भएको छ ।

सम्बन्ध पुनस्र्थापित गर्ने अवसरका रूपमा भारत सरकारले नै भ्रमणलाई उच्च महत्त्व दिएको हामीले महसुस गरेका छौँ । हाम्रोजस्तै भारतको पनि नेपालसँगको सम्बन्ध सुधार प्राथमिकतामा छ । नाकाबन्दी हटेको छ । तर, गरिब जनताले अझै सरल तरिकाले ग्यास र तेल पाएका छैनन् । जुन दिनसम्म पाउँदैनन्, त्यसवेलासम्म सहज भयो भन्न मिल्दैन । सहज आपूर्तिले मात्रै नेपाल–भारत सम्बन्ध सुधार भएको भन्न मिल्छ।

भारतको नेपालसँग सम्बन्ध अद्वितीय थियो। भुटानपछि सहज सम्बन्ध नेपालसँगै थियो। तर, पछिल्लो समयमा जे–जस्ता घटना भए, भारतीय प्रधानमन्त्री मोदीजी स्वयं चिन्तित हुनुहुन्थ्यो। यसलाई सुधारेर जानुपर्छ। यो सेल्फ करेक्सन सिस्टमको सुरुवात हो।

कमेन्टहरु
Loading...