प्रधानमन्त्री बनकरियाको घरमा बस्ने

काठमाडौ, माघ २६ – एमाओवादीको महाधिवेशनको लागि हेटौंडामा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई एक बनकरिया परिवारकहाँ बास बस्ने भएका छन । प्रधानमन्त्री आज साँझ ६ बजे हाँडीखोला-७ ट्वाङ्ग्रे स्थित विष्णु बनकरियाको घरमा बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

यो ठाउँ हेटौंडाबाट १२ किलोमिटर पश्चिम-दक्षिणमा पर्छ । आज महाधिवेशनको अन्तिम दिन हो । महाधिवेशन सकाएर प्रधानमन्त्र त्यसतर्फ लाग्ने छन् । प्रधानमन्त्रीले कार्यभार सम्हालेलगत्तै प्रत्येक महिना एक जना सर्वसाधारणको घरमा बास बस्ने घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...