विमान दुर्घटना सम्बन्धी महावीर पुनको भनाई भ्रामक – नेपाल हवाई यातायात नियन्त्रक संघ

Tara Air 9NAHH Twin Otter missing plane image
Tara Air 9NAHH Twin Otter missing plane image

नेपाल हवाई यातायात नियन्त्रक संघले आज एक बिज्ञप्ति जारी गरि विमान दुर्घटना सम्बन्धी महावीर पुनको भनाई भ्रामक रहेको जनाएको छ | तारा एयरको 9N-AHH विमान म्याग्दीको सोलिघोप्टेमा फागुन १२मा दुर्घटना परेको थियो जससम्बन्धी मेगासेस पुरस्कार बिजेता महाबिर पुनले उक्त विमान दुर्घटनाका बारेमा फेसबुकमा आफुले प्रदान गरेको weather stations (मौसम सम्बन्धी जानकारी दिने यन्त्रहरु) को उचित प्रयोग नगर्दा यस प्रकारको दुर्घटना भएको हुनसक्ने लेखेका छन् । (हेर्नुहोस् यस सम्बन्धि समाचार)


उक्त विज्ञप्तिमा भनिएको छ उड्डयन क्षेत्रको आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागले Verified र Validated गरिएका मौसमी उपकरणहरुमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकहरुले प्रयोग गर्छन|

Press Release Nepal Air Transportation Controller Council for Ganthan
Press Release Nepal Air Transportation Controller Council for Ganthan

 

कमेन्टहरु
Loading...