रिले अनसन जारी

पोखरा, १६ कार्तिक/ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन पोखरा विमानस्थल अगाडि थालिएको रिले अनसन बिहिबार पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ९ सय ९० जना बसिसक्नु भएको छ । अनसनमा बिहिबार राती आठ बजेदेखि शुक्रबार बिहान आठबजेसम्म पोखरा एकेडेमी बाटुलेचोरका संचालकहरु अनसनमा बस्नु भएको छ । अनसनमा पदमबहादुुर कार्की, कृष्ण थापा, नीरबहादुर थापा, तेजबहादुर गुरुङ, सुमन बस्नेत, मोहन थापा, रामबहादुर बानिया, बिशाल खड्का, पुष्प तिमिल्सीना, चित्रबहादुर थापा, विपिन गुरुङ हरिकृष्ण बाग्ले बस्नु भएको छ ।

अनसनमा बिहिबार विहान आठ बजदेखि नेपाल छन्याल संघ जिल्ला कार्या समितिका कास्कीका प्रतिनिधि अनसनमा बस्नु भएको थियो । अनसनमा सोमबहादुर छन्त्याल, बमबहादुर छन्त्याल, क्याप्टेन गोर्कण छन्त्याल, रथबहादुर छन्त्याल, प्रियंका छन्त्याल, रत्ना छन्त्याल, लक्ष्मी छन्त्याल, विश्सु छन्त्याल, टिका छन्त्याल, मञ्जु छन्त्याल, विष्णु छन्त्याल, राम छन्त्याल, नन्द छन्त्याल, खमान छन्त्याल, हरि छन्त्याल र सुवेदार धनबहादुर छन्त्याल बस्नु भएको छ ।

चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णको लागि ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा भएको अनेक बहानाबाजी र सरकारी उदासिनताले विमानस्थल निर्माणको कामले मुर्तरुप नपाएपछि आन्दोलनलाई नै जारी राखिएको छ । दवाव दिन गत भदौ ७ गतेदेखि रिले अनसन थालिएको हो ।

२०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको थियो ।पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै बृहत जनप्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...