पोखरा बचत सहकारीद्वारा छात्रवृत्ति प्रदान

पोखरा, ५ असार/पोखराको सृजनाचोकमा रहेको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा – ११ पूmलबारीमा अवस्थित शिव शक्ति उच्च मा.वि. मा व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत् विद्यार्थी सृजना बराललाई सात हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरेको छ ।संस्थाको वार्षिक कार्यक्रम अनुसार शिक्षा उपसमितिको संयोजनमा विद्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति रकम संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गले पुरस्कृत विद्यार्र्थी र तिनका अभिभावकलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग पुर्याएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद बास्तोलाले विद्यार्थी र विद्यालयका तर्फबाट सहयोगी संस्था पोखरा बचत सहकारी प्रति आभार प्रकट गरेका थिए । पोखरा बचत सहकारीले संस्थाको शिक्षा उपसमितिको सिफारिशमा यस वर्ष आफ्ना कार्यक्षेत्र भित्र रहेका विभिन्न तिन वटा विद्यालयहरुमा उच्च माध्यमिक, माध्यमिक र प्राथमिक तहमा अध्ययनरत् गरीब तथा जेहेन्दार विद्यार्थीहरुको छनौट गरी क्रमश ः रु. ७ हजार, रु. ५ हजार र रु. ३ हजार गरी जम्मा पन्ध्र हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

कमेन्टहरु
Loading...