पोखरेलीको रिले अनसन जारी

पोखरा, १2 कार्तिक /पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन पोखरा विमानस्थल अगाडि थालिएको रिले अनसन आजपनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ८ सय ४८ जना बसिसक्नु भएको छ ।

अनसनमा शनिबार राती आठबजेदेखि आइतबार विहान आठ बजेसम्म पञ्चमुल पोखरा सम्पर्क समाजका अध्यक्ष, पदाधिकारी र सदस्य बस्नु भएको छ ।

अनसनमा लालकुमार अधिकारी, ऋषिराम ढकाल, झविलाल लामिछाने, ढाकाराम ढकाल, मीनप्रसाद गुरुङ, लोकनाथ ढकाल, कोपिला तिवारी, कृष्णकला ढकाल, बद्रीप्रसाद ढकाल, शेषकान्त ढकाल, गंगादेवी ढकाल, झविश्वर ढकाल र अर्जुन तिवारी बस्नु भएको रिले अनसन व्यवस्थापन उपसमितिका संयोजक सोम थापाले जानकारी दिनभुयो ।

शनिबार विहान आठ बजेदेखि राती आठ बजेसम्म ढुङ्गेसाँघु सिता पाईला आमा समुह महतगौडाका अध्यक्ष, पदाधिकारी, सदस्य र सल्लाहाकार अनसनमा बस्नु भएको थियो ।
अनसनमा गौमाया थापा मगर, राधा भण्डारी, जुना मल्ल, जुना गुरुङ, भीमकुमारी विक, कमल पाण्डे, देवी रानामगर, खरिका भण्डारी, उम ागिरी, पार्वती गुरुङ, सरिता रानामगर, सुनीता भण्डारी, सुन्तली मानन्धर, सुमित्रा नेपाली, सरस्वती तिवारी र सल्लाहाकार नगेन्द्र गुरुङ, नरेन्द्र गिरी, लक्ष्मण भण्डारी बस्नु भएको थियो ।

चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णको लागि ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा भएको अनेक बहानाबाजी र सरकारी उदासिनताले विमानस्थल निर्माणको कामले मुर्तरुप नपाएपछि आन्दोलनलाई नै जारी राखिएको छ । रिले अनसन गत भदौ ७ गतेदेखि सुरु भएको हो ।

२०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको थियो ।पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै बृहत जन प्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...