विमानस्थल अगाडि रिले अनसन जारी

पोखरा, ४ कार्तिक/ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा दवाब दिन पोखरा विमानस्थलमा थालिएको रिले अनसन पोखरा विमानस्थल अगाडि आज पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ६ सय ३७ जना बसिसक्नु भएको छ ।

अनसनमा सूर्योदय युवा क्लव नदीपुर र नेकपा—माओवादीका प्रतिनिधि अनसनमा बस्नु भएको छ ।अनसनमा सवल अधिकारी, नानु रेग्मी, कमल काफ्ले, राजेश अधिकारी, निसा भण्डारी, दिनेश अधिकारी, बालकृष्ण बराल, सिता खड्का, दिलबहादुर सुनार, कृष्ण रायमाझी र पुर्णबहादर राउत बस्नु भएको छ ।

चिनको एक्जिम बैंकको सहयोगमा पोखराको छिनेडाँडामा अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निमार्णको लागि ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बेलामा भएको अनेक बहानाबाजी र सरकारी उदासिनताले विमानस्थल निर्माणको कामले मुर्तरुप नपाएपछि आन्दोलनलाई जारी राखिएको छ ।

२०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको थियो । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल माग्दै आन्दोलित बनेका पोखरेलीले सिहंदबार घेराउ, पोखरा विमानस्थल ठप्प पार्नुका साथै बृहत जन प्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...