पोखरा र कोरियाको गाङ्बुक विच भगिनी सम्बन्ध

पोखरा, १३ फागुन/पोखरा र कोरियाको गाङ्बुक जिल्ला विच भगिनी सम्बन्ध कायम भएको छ । पोखरा र कोरियाको गाङ्बुक सहर विच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न र परस्पर सहकार्यलाई अभिबुद्धि गर्न शनिबार दुई पक्ष विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कोरिया गाङ्बुक डस्ट्रिक कार्यालयको मेयर पार्क जम–सु र पोखरा उपमहानगरपालिकाका प्रमुख झलकराम अधिकारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालाले पोखराको विकासको निम्ति यस सम्बन्धले महत्वपूर्ण भुमिका खेल्ने धारण व्यक्त गरे ।
कोइरालाले विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिनु पर्ने बन्दै दुई सहरको सम्वन्ध राम्रो राख्न सधै साथ दिने बताए । दुई सहरले आर्थिक, शिक्ष, सास्कृति र पर्यटकको आदान–प्रदान र सहकार्यको
उद्देश्यमा पारस्परिक आदान–प्रदानको सिद्धान्त र समानताको आधारमा एकअर्काले पूर्ण सहयोग गर्ने उक्त सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै दुई पक्षले प्रशासनिक क्षेत्रको आदान–प्रदानको गतिविधिमा महत्वपूर्ण सहयोग गर्ने र आफ्नो सहकार्यको सम्बन्धलाई निरन्तरता दिन अत्यधिक प्रयत्न गर्ने उल्लेख
गरिएको छ ।

सोही अवसरमा नगरपालिकाका प्रमुख धिकारीले दुई पक्ष विच सम्झौताले मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको भन्दै परस्पर सहकार्यलाई सधा आत्मासाथ गर्ने बताए । यस्तै गाङबुक डिस्ट्रिकका मेयर जस–सुले सम्बन्धलाई विस्तार गर्दै दुई सहरका मानिसहरु विच आत्मियता राख्न सकिने बताए ।

कमेन्टहरु
Loading...