पट्रोलियम पदार्थको  मूल्य बढ्यो

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

बढेको मूल्य शुक्रबार राती १२ बजेबाट लागू भ​एको छ​ ।मुल्य बढेसंगै नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १ सय​ ११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ​ ।पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

कमेन्टहरु
Loading...