बजेट भाषण पछि पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं, १५ जेठ/ अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा इन्धनको मुल्य बढाउने बताएको केही घण्टामा नै नेपाल आयल निगमले मुल्य बढाएको छ ।

आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए ।

निगमले बुधबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रति लिटर बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ ।

पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।

कमेन्टहरु
Loading...