पुजीँगत खर्च नहुदा आर्थिक अवस्था नाजुक – अर्थमन्त्री महरा

सागर राज तिमिल्सिना
पोखरा, ३१ भदौ/उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुजीँगत खर्च नहुदा देशको आर्थिक अवस्था नाजुक हुदै गएको बताएका छन् । सरकारले पुजीँगत खर्च गराउन नक्दा आर्थिक बृद्धिदर घट्दै गएको अर्थमन्त्री महराले बताए । ‘सरकाले विकासका काममा खर्च हुने पुर्जीगत खर्च हुन सकेको छैन,’ उनले भने, ‘पैसा हुने खर्च नहुने प्रबृती बढेर गएको छ ।’

पोखरा उद्योग बाणिज्य संघको ३१ औ अधिबेसनको उद्घाटन गर्दै उनले पुजीँगत खर्च गराउन निजी क्षेत्र र नागरीक समाज लाग्नु पर्ने बताए । उनले सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको बताए । ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दा व्यावसाय बढ्छ,’ उनले भने,‘व्यावसाय बढ्दा सरकारलाई राजश्व बढ्छ ।’ उनले सरकारले संघियताको कार्यान्यनका काम थालनी गरि सकेको बताए ।

उनले सबै प्रदेशहरुमा उच्च अदालत गठन गरेर सरकारले संघियताका कार्यान्यनको काम थालनी गरेको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको जग्गा थप गरेर ३ हजार रोपनी पु¥उान लागेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष किशोर कुमार प्रधान, पुर्व अध्यक्ष आनन्दराज मुल्मी लगाएतले सरकारले आर्थिक विकास नारा मात्रै ल्याउने तर काम गर्न नसक्ने परिपाटि देखिएको बताएका थिए । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना उमेद्वारहरु चुनावी मैदानमा छन् ।

कमेन्टहरु
Loading...